No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

के यही भन्दैन त तलको तस्वीरका रंग र अक्षरहरूले ?

0

जेपी गुप्ता।
मधेस प्रदेशमा जसपाको सरकार छ । नगरपालिकामा स्वतन्त्र नामधारी कांग्रेस विजयी भएका छन्। यहाँको प्रदेशसभाले जानकी मन्दिरको स्थापत्य अंकित सरकारको लोगो पारित गर्यो । भावशून्य सभाले सरकारको निशाना छाप कस्तो हुनुपर्छ र कुन कुन आधारभूत मान्यताहरूलाई अंगिकार गर्नुपर्दछ–यस दायित्वलाई बुझेन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल राज्यको अतिथीको रूपमा जनकपुर आउनु भयो । प्रदेश सरकार र जनकपुर नगरपालिकाको अग्रसरतामा सरकारी कार्यालयहरूलाई गेरूवा अर्थात् भारतमा भारतीय जनता पार्टीले प्रयोग गर्ने गरेको ‘भगवा’ रंगमा रंगाईयो ।
भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जनकपुर आउने चर्चा भयो। त्यस भ्रमणको भारत सरकारले औपचारिक घोषणा नगर्दै, नेपाल सरकारले कुनै कार्यक्रम सार्वजनिक नगर्दै जनकपुरका भित्ताहरूमा प्रदेश सरकार र जनकपुर नगरपािलकाकोतर्फबाट भगवा रंगमा योगी आदित्यनाथको स्वागतका लागि बडेमानका होर्डिंग बोर्डहरू झुण्ड्याईयो । तत्कालिन मेयरले गेरूवा रंगलाई आफ्नो लगभग औपचारिक पोसाक नै बनाए। योगी आएनन्। मेयर साहेबको त्यो रंग गत निर्वाचनमा पदमुक्त नहुन्जेलसम्म आंगबाट उत्रेन ।

अहिले रामायण सर्किटको पर्यटन योजना अन्तर्गत भारत सरकारको रेलसेवा जनकपुर आयो। यसमा सवार भई आएका पर्यटकहरूको स्वागत गर्ने नेपाल कै वा मधेस कै अथवा मिथीला कै अनेकौ तरिका हुन सक्थ्यो। तर यहाँका प्रादेशिक सरकारका ‘मजनूहरू’ ‘लैला’ पाए जस्तै गरी धार्मिक तौर तरिकाबाट स्वागत गरे। ज्वाई साहेबहरू ससुराली आएको अझ नातीहरू आमापट्टीको बुढो हजूरबाको घर आएको शैलीमा स्वागतको बिक्री गर्दैछन् ।

आफ्नो प्रादेशिक व्यवहारमा अरूकाप्रति पटक्कै सहिष्णु न रहेका यिनीहरू, जातीय आधारमा बर्चस्वबादीहरूले अरू कमजोरहरूलाई मानिस नै नगन्ने यी अभिमानीहरू, मधेस आन्दोलनका नामबाट जन्मेका यी छितकीहरू कति सारो अभिभूत भएका छन्, भगवाकाप्रति !
मधेस आन्दोलनका ‘काफिर’ हरूका लागि अब ’भगवा’ रंग लज्जा छोप्ने ‘चीर’ हुन गएको छ। के यही भन्दैन त तलको तस्वीरका रंग र अक्षरहरू ले ?

प्रकाशित: ११ असार २०७९, शनिबार ०४:०५

Leave a Reply