No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म सुरुवातबाटै तटस्थ बसेको भए नेकपा विभाजन हुँदैनथ्योः वामदेव गौतम

0

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेकपा जोगाउन नसक्नु आफ्नो पनि गल्ती भएको बताएका छन् ।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गौतमले आफू सुरुवातबाटै तटस्थ बसेको भए पार्टी विभाजित नहुने बताए । उनले भने, ‘मेरै कारणले तत्कालिन नेकपा पार्टी फुट्यो भन्ने आरोप लगाए । म गुटमा नलागेको भए पार्टी फुट्ने थिएन । मैले आत्मआलोचना गरेको छु ।’

उनले तत्कालीन नेकपा फुट्नुमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै दोषी भएको बताए । उनले प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव लैजानु प्रचण्डको दोष र संसद विघटन गर्नु ओलीको दोष भएको बताए । गौतमले प्रचण्डले पार्टीमा बुझाएको आरोपपत्र फिर्ता नलिएको कारण पार्टी विभाजन भएको बताए ।

आफू विभाजनप्रति नभई एकताको पक्षमा उभिएको भन्दै गौतमले यसका लागि नेकपाका सचिवालय सदस्य सबैले विचार पुर्याउन नसकेको बताए । उनले भने, ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्यो, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन। मैले पनि गर्न सकिनँ।’ गौतमले सरकारले कम्युनिष्टहरुको दबाबका कारण अमेरिकासँगको सैन्य गठबन्धन (एसपीपी)रद्द गरेको दाबी गरे ।

उनले भने,’एसपीपी अमेरिकाको सैन्य गठबन्धन हो, त्यसमा नेपाली सेना सहभागी हुन सक्दैन ।’ उनले एमसीसी र एसपीपी दुवै कार्यक्रम अमेरिकको इन्डोप्यासिफिक रणनीति अन्तरगत भएको दाबी गरे ।

उनले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा राष्ट्रघाती काम हुने गरेको बताए । उनले भने,‘एमसीसी, एसपीपी मुलुकका लागि राष्ट्रिघाती कार्यक्रम हुन् । एसपीपी लागु भए अमेरिकी सेना आउँछ। त्यसपछि नेपाल युद्ध भूमि बन्छ।’

 

 

प्रकाशित: ११ असार २०७९, शनिबार ०५:१८

Leave a Reply