No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुईजनाको मृत्यु, कैयौँ घाइते

0

नर्वेको एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । शनिबार बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् । नाइटक्लबमा धेरै गोली चलाइएको र धेरैजना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । बन्दुक हिंसाबाट अतिप्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा उक्त घटना भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि शुक्रबार १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुने क्रममा छ । उनान्चालीस करोड अमेरिकीसँग बन्दुक रहेका तथा सन् २०२० मा मात्र बन्दुकसम्बन्धी हिंसामा परी ४५ हजारभन्दा बढी अमेरिकी नागरिकको मृत्यु भएको थियो ।

प्रकाशित: ११ असार २०७९, शनिबार ०६:५७

Leave a Reply