दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको छ । ती शव आइतबार बिहान फेला परेका हुन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
इस्ट्रेन केपको उक्त घटनास्थलमा ठूलो सङ्ख्यामा आपत्कालीन सुरक्षा कर्मचारीहरू खटाइएका छन् । घटनास्थलमा रहेकी इस्ट्रन केपका पुलिस कमिस्नरले रात्रिकालीन क्लबमा भागदौड मच्चिएर घटना भएको बताएकी छन् । स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आँकलन गरेका छन् ।