No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘मन्त्री बन्नु ठूलो कुरा होइन, अर्को चुनाव जितेर फेरि बनौंला’

0

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयमा ८ महिना २१ दिनको कार्यकाल सफलतापूर्वक बिताएको बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा श्रेष्ठले मन्त्रीको जिम्मेवारी पाएदेखि छाड्दै गर्दा कुनैपनि नराम्रो काम नगरेको बताएका हुन् ।

उनले आफ्नो मूल्यांकन आफैंले भन्दा जनताले गर्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारीमा रहँदा कर्मचारीहरुबाट पनि राम्रो सहयोग पाएको बताउँदै श्रेष्ठले अब आउने मन्त्रीलाई पनि सहयोग गर्न आग्रह गरेका छन् । उनले मन्त्रीको जिम्मेवारीबाट अलग भएपनि सांसद पद यथावत् रहेकाले मन्त्री बन्नु खासै ठूलो कुरा नभएको बताए ।

‘सांसद छँदै छु, फेरि अर्को चुनाव जितेर मन्त्री पनि बन्न सक्छु,’ उनले भने, ‘मन्त्री बन्नु ठूलो कुरा होइन, जिम्मेवारी मात्रै हो।’ श्रेष्ठले मन्त्रालयबाट बिदाई हुँदैगर्दा आफूलाई कत्तिपनि नरमाइलो नलागेको बताए । ‘छुट्टिंदा नरमाइलो लाग्नु स्वाभाविक हो । तर मन्त्रीको रुपमा जाँदाखेरि कत्ति पनि नरमाइलो छैन’ उनले भने । चर्को स्वरमा बोल्ने आफ्नो स्वभाव रहेको बताउँदै निवर्तमान श्रेष्ठले कसैको चित्त दुखेको भए आजैदेखि भुलिदिन आग्रह समेत गरे ।

‘म एक्सनमा जाने मान्छे हो, त्यस क्रममा दलालहरूलाई म आफै डाइरेक्ट फोन पनि गर्थे, यसमा कतिपय साथीहरूलाई चित्त दुखेको छ भने पनि आजैबाट भुलिदिनुस्’, उनले भने।

 

प्रकाशित: १३ असार २०७९, सोमबार ०५:५५

Leave a Reply