No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नवनियुक्त चार मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा चार मन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले शपथ ग्रहण गरेका हुन् ।

मन्त्रिपरिषदमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका अध्यक्ष अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै मन्त्री पदको बहाली गर्नेछन् ।

प्रकाशित: १३ असार २०७९, सोमबार ०६:१४

Leave a Reply