No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले माग्यो गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

0

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको राजीनामा माग गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी एमाले संसदीय दलका नेता नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् । गण्डकी प्रदेशसभामा बजेटमाथिका छलफल रोकेर सत्ता गठबन्धनले संसद्लाई अनिर्णयको बन्दी बनाएको भन्दै उनले आपत्ति जनाए ।

उनले भने, ’मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेट रोकिएको छ। बजेटमाथि छलफल हुनुपर्यो । संसदीय प्रक्रियामा यसको निकासका लागि कि अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, नभए मुख्यमन्त्रीले राजीनामा दिएर यसको निकास खोजिनुपर्छ।’ उनले संसदलाई अनिर्णयको बन्दी बनाउन नपाइने बताए। उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नै सही ट्रयाकमा नहिँडेको र त्यसबेलादेखि मन्त्रीहरुले आपत्ति जनाएको स्मरण गराए ।

बजेट पास हुन नसक्ने स्थिति भए सरकारको विकल्प सोच्नुपर्ने गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहेको उनले बताए । लोकतन्त्रमा सबै समस्याको छिनोफानो गर्ने थलो संसद रहेको भन्दै उनले कांग्रेस र माओवादी केन्द्रको विवादका कारण बजेटमाथिको छलफल रोक्न नहुनेमा जोड दिए । असार १ मा बजेट प्रस्तुत गरेसँगै त्यसमाथिको छलफल प्रारम्भ गर्नुपर्नेमा सत्ता पक्ष बजेटको भागबण्डामा अल्झिएपछि संसद बैठक बस्न सकेको छैन।

प्रकाशित: १५ असार २०७९, बुधबार ०५:०५

Leave a Reply