No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं उपत्यकामा १४ जनामा हैजा पुष्टि

0

काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो । मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकी छन् ।

उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने जिवाणु भेटिएको छ । हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ । मन्त्रालयले पानी शुद्धिकरण तथा यसबाट बच्ने उपायका बारेमा कार्ययोजना अघि बढाएको मन्त्रालयले जनाएको छ । पानी उमालेर वा क्लोरिन हालेर मात्र खान मन्त्रालले आग्रह गरेको छ ।

 

प्रकाशित: १५ असार २०७९, बुधबार ११:१०

Leave a Reply