No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौतीः गभर्नर अधिकारी

0

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् ।

नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नवनिर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए ।

उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए । कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टड एकाउण्टेन्ट्स संघ तयार रहने बताए ।

उनले चार्टड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्न सकिने बताए ।

प्रकाशित: १६ असार २०७९, बिहीबार ०७:१४

Leave a Reply