No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जनताद्वारा अनुमोदित जनप्रतिनिधि रहने संसद लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताद्वारा निर्वाचित तथा अनुमोदित जनप्रतिनिधि रहने संसद लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् ।

६४औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले जनताप्रति उत्तरदायी शासन व्यवस्थामा संसदीय लोकतन्त्र मात्र प्रभावकारी हुने बताएका हुन् ।

उनले भने,‘नेपालको राजनीतिक इतिहासमा संसदले महत्वपूर्ण निर्णय तथा घोषणाहरू गरेर शासनप्रणलीमा जनताको सर्वोच्चतालाई सिद्ध गर्दै मुलुकलाई लोकतान्त्रिक बाटोमा हिँडाउँदै आइरहेको छ ।’

पूर्वप्रधानमन्त्री एवं पूर्वसभामुख कृष्णप्रसाद भट्टराईको पहलमा २०५७ सालमा स्थापना भएको पूर्वसांसद मञ्चमा सबै पार्टीका पूर्वसांसदहरू आबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘दलीय राजनीतिभन्दा माथि उठेर यो मञ्चले मुलुकमा लोकतान्त्रिक शासन प्रणालीको विकास र सुधाका लागि महत्वपूर्ण सल्लाहसुझाव प्रदान गर्दै आइरहेको छ।’

अनुभवी सांसदहरूको विचार र ज्ञानलाई समाजमा सम्प्रेषित गर्न साझा चौतारीका रूपमा काम गर्दै आइरहेको भन्दै प्रधानमन्त्रीले पूवै सांसद मञ्चलाई धन्यवाद दिए। ‘मञ्चलाई सक्रियतापूर्वक जल्दाबल्दा राष्ट्रिय मुद्दाउपर रचनात्मक बहस तथा छलफल गरी सहयोग तथाल सरकारलाई रचनात्मक सुझा दिनेमा मैले विश्वास लिएको छु,’ उनले भने।

गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगले भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसैवर्ष सम्पन्न हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पनि सोही तरिकाले गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले मुलुकमा लोकतान्त्रिक संसदीय शासन प्रणलीलाई मजबुत बनाउन आवधिक निर्वाचनले मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित: १६ असार २०७९, बिहीबार ०७:५८

Leave a Reply