No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दलहरुले सही भूमिका निर्वाह नगर्दा गैरसंसदीय प्रवृत्तिहरू देखिएः खनाल

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदमा अवरोध भइरहँदा गैरसंसदीय प्रवृत्तिहरू मौलाउँदै गएको बताएका छन् ।

६४औं संसद दिवसका अवसरमा पूर्वसांसद मञ्चद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले संसदलाई ठिक ढंगले नचलाउँदा, दलहरुले सही भूमिका निर्वाह नगर्दा गैरसंसदीय प्रवृत्तिहरू देखापर्ने बताएका हुन्।

खनालले भने, ‘कहिलेकाही हाम्रा नेताहरूलाई झोंक चल्छ, रिस उठ्छ, सनक चढ्छ, त्यसपछि संसद नै बन्द गरिदिन्छ अनि कहाँबाट राष्ट्रको आवाज उठ्छ ? जनताको आवाज उठाउनु छ, जनताबाट निर्वाचित भएर आइएको छ, संसद चल्नै नदिएपछि गैरसंसदीय प्रवृत्तिहरू मौलाउँछन्।’ संसद भनेको जनताबाट निर्वाचित व्यक्तिहरूको संस्था भएको उल्लेख गर्दै उनले विभिन्न देशमा संसदका अनेकौं रूपहरु विकसित भइरहेको बताए।

उनले संसारमा धेरैथरीका सांसद हुने तर समग्रमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको संस्था वा फेरमका रूपमा संसदलाई बुझ्नुपर्ने बताए । उनले भने,‘जुन फोरमबाट देशको कानुन, देशको नीति निर्माण, देशको कार्यक्रम, देशको बजेट, देशको भविष्य निर्माण गर्ने काम हुन्छ, त्यो संसद हो ।’ अहिलेको संसदले लोकतन्त्रलाई अविच्छिन्न तरिकाले अगाडि लानुपर्ने, राष्ट्रियतालाई बचाउने कुरामा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १६ असार २०७९, बिहीबार ०८:१४

Leave a Reply