No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मङ्गोलियामा घोडाबाट लडेर ८ बालबालिकाको मृत्यु

0

मङ्गोलियामा यो वर्षमा घोडाबाट लडेर मृत्यु हुने बालबालिकाको सङ्ख्या कम्तीमा आठ पुगेको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । घोडा दौड, धनुर्विद्या र कुस्ती खेल्ने मङ्गोलियाली राष्ट्रिय पर्व नादम नजिकिँदै गर्दा बाल जकीहरूको अधिकार र सुरक्षासम्बन्धी मुद्दाहरू उठिरहेका बेला प्रहरीको यस्तो वक्तव्य सार्वजनिक भएको हो ।

युनेस्कोको मानवताको अमूर्त सांस्कृतिक सम्पदाको आधिकारिक पर्व बिदा भने जुलाई ११ देखि १५ सम्म मनाइन्छ। सन् २०२१८ मा मङ्गोलियाली सरकारले जाडोमा घोडा दौडमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । राष्ट्रिय नादम घोडा दौडको नियम अनुसार बाल जकीको न्यूनतम उमेर सात वर्ष तोकिएको छ । यद्यपि यो नियम देशमा वर्षभरि आयोजना हुने सबै घोडा दौडहरूमा भने लागू हुँदैन।

प्रकाशित: १६ असार २०७९, बिहीबार ०९:४४

Leave a Reply