No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निर्माता सुशील पोखरेलले दिए चलचित्र विकास बोर्डको अध्यक्षको लागि आवेदन

0

काठमाडौं । निर्माता सुशील पोखरेलले पनि चलचित्र विकास बोर्डको अध्यक्षको लागि आवेदन दिएका छन् । उनले शुक्रबार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय पुगेर बोर्ड अध्यक्षमा आवेदन दिएका हुन् ।

यसअधि निर्देशक सम्झना उप्रेती रौनियार र अरुण प्रधानले बोर्ड अध्यक्षमा आवेदन दर्ता गरेका थिए । सुशील हाल चलचित्र निर्माता संघका कोषाध्यक्षका साथै काठमाडौं बाहिर सिनेमा वितरक कम्पनी एफडिका प्रबन्ध निर्देशक पनि हुन् । थुप्रै सफल सिनेमा निर्माण गरेका सुशिल आफू बोर्ड अध्यक्षको लागि सवैभन्दा योग्य उम्मेदवार रहेको बताउँछन् ।

सरकारले आफूलाई पत्याएर बोर्ड अध्यक्ष बनाएको खण्डमा आफूले नेपाली सिनेमामा देखिने गरि विकास गर्ने दाबी गर्छन् । यसअघि धेरै जना बोर्ड अध्यक्ष बन्नु भएको छ । उहाँहरुले राम्रो काम पनि गर्नु भएको छ । तर त्योे मात्र नेपाली सिनेमाका लागि पर्याप्त नभएको उनको बुझाई छ । यसैपनि आफुने बोर्ड अध्यक्षको लागि आवेदन दिएको पोखरेल बताउँछन् ।

प्रकाशित: १७ असार २०७९, शुक्रबार ०९:०६

Leave a Reply