No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओकी बुहारीले माओको कुरामा चित्त बुझाइन् किनकि उनी पनि एक योद्दा थिइन्

0

लेखनाथ न्यौपाने ।

५ लाख चिनियाँ स्वयंसेवक काेरियाली जनतालाई सगाउन काेरिया गएका थिए, त्यसमध्येका एक थिए माओका जेठा छाेरा माओ आनइङ । काेरिया युद्ध (सन् 1950-1953) मा ३० हजारभन्दा बढी चिनियाँ स्वयंसेवक अमेरिकी आक्रमणमा मारिए, त्यसमध्ये आनइङ पनि 1950 नाेभेम्बर 25 मा मारिएका थिए । छाेराे सहिद भएकाे खबर माओले बुहारीलाई सुनाए, त्यसबेला उनकाे काखमा सानाे बच्चा (माओकाे नाति) थियाे । माओकाे बुहारीले ‘अब जिउँदो पति देख्न नपाए पनि शवकाे अनुहार अन्तिम पटक हेर्ने इच्छा छ’ भनिन् ।

त्यसपछि माओेले बुहारीलाई भने, ‘तिम्रो पति मात्र हाेइन मारिएका अरू ३० हजार चिनियाँ याेद्दाहरु काेरियामा मारिएका छन् । ती सबैकाे शव चीन ल्याउनुपर्छ, जुन सम्भव नै छैन । त्यसकारणा हाम्रो छाराेकाे मात्र शव ल्याउन मिल्दैन । हाम्रो छाेराकाे मात्र शव ल्याउने र अरुकाे नल्याउने हाे भने जसजसका परिवारबाट काेरियामा सहिद भए उहाँहरुले हाम्राे पार्टी, आन्दोलन र नेतृत्वप्रति कहिल्यै विश्वास गर्दैनन् ।’ पति वियाेगमा परेकी माओकी बुहारीले माओकाे कुरामा चित्त बुझाइन् किनकि उनी पनि एक याेद्दा थिइन् ।

यसकारणा माओ, माओ बने । आजसम्म त्यसरी नै बाँचिरहेका छन् । आज पनि उनलाई सम्पूर्ण चिनियाँहरुले हृदय (चाकरी गर्न हाेइन) देखि सम्मान गर्छन । दैनिक ६५ हजार चिनियाँ युवाहरु माओकाे शाओशान गाउँकाे घर (संग्रहालय) अवलाेकन गर्छन् र हाम्रो महान् नेता भनेर गर्वले छाती चाैडा बनाउँछन् ।

प्रकाशित: १८ असार २०७९, शनिबार ०४:३५

Leave a Reply