No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चालकलाई लरीको एसीले काम नगरेको थाहा नहुँदा ५३ आप्रवासीको मृत्यु

0

हालै अमेरिकाको टेक्ससमा ज्यान गुमाएका ५३ जना आप्रवासी बोकेको लरीका चालकलाई सवारी साधनभित्र वातानुकूलित प्रणालीले काम नगरिरहेको भन्ने थाहा नभएको एक जना सुराकीले बत बताएका छन् । सङ्घीय अदालतमा प्रस्तुत गरिएका कागजपत्रमा होमेरो सामोरानोलाई त्यसबारे थाहा नभएको उल्लेख गरिएको छ।

अधिकारीहरूले उनी ट्रक नजिकै लुकेको अवस्थामा फेला परेको जनाएका छन् । टेक्ससका यी व्यक्ति अमेरिकी इतिहासकै सबैभन्दा खराब मानव तस्करीसँग सम्बन्धित घटनामा आरोपित गरिएका चार जनामध्ये एक हुन् ।

उक्त सवारी साधनमा फेला परेकामध्ये कैयौँ बालबालिकाको अझै उपचार भइरहेको छ । यसैबीच अर्को घटनामा आप्रवासीहरू बोकिरहेको अर्को ट्रक टेक्ससको सोही क्षेत्रमा फेला परेको छ ।

४५ वर्षका सामोरानो र अर्का आरोपित षडयन्त्रकारी क्रिस्टिअन मार्टिनेज, २८ लाई एकदमै उच्च तापक्रममा ट्रक फेला पर्नुअघि र पछि उक्त तस्करी अभियानसँग सम्बन्धित सन्देशहरू एक अर्कालाई आदानप्रदान गरेको आरोप लगाइएको छ ।

आप्रवासन र भन्सार कार्यान्वयन तथा टेक्सस प्रहरीलाई जानकारी दिने गोप्य सरकारी सुराकीले मृत्यु भएका विवरण आएपछि पनि ती दुईबीच कुराकानी भएको ती सुराकीले अधिकारीहरूलाई बताएका थिए ।

अदालतको दस्तावेजमा चालकलाई वातानुकूलित प्रणालीले काम गर्न बन्द गरेको र त्यसै कारण ती व्यक्तिहरूले ज्यान गुमाएको थाहा थिएन भनेको जनाइएको छ।

प्रकाशित: १८ असार २०७९, शनिबार ०५:१४

Leave a Reply