No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मोरङमा आगो लगाएर श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

0

विराटनगर । मोरङको रंगेली नगरपालिका–१ बिर्ता बजारकी ३० वर्षीया बबिता मल्लिकको हत्या आफ्नै श्रीमानले गरेको खुलेको छ। शरीरमा मट्टितेल छर्किएर आगो लगाउँदै २३ वर्षीय तिलका मल्लिकले श्रीमती बबिताको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आगोले जलेर गम्भीर घाइते भएको अवस्थामा शुक्रबार राति १० बजेतिर उद्धार गरेर बबितालाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा ल्याइएको थियो । शरीरका अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थामा उद्धार गरिएकी उनको उपचारको क्रममा शनिबार बिहान ६ बजेतिर मृत्यु भएको थियो ।

प्रहरीकाअनुसार घरभित्रै मट्टिल छर्किएर पत्नीलाई आगो लगाएपछि तिलका फरार बनेका थिए। पत्नीलाई लगाएको आगोले घर पनि जलेर खरानी भएको छ । पत्नीलाई आगो झोसेर भागेका तिलकालाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक शैलेश न्यौपाने नेतृत्वको टोलीले राति नै पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ।

तिलकाले सुरुमा आगो लाग्न थालेपछि डर लागेर बस्न नसकेकाले आफू घरदेखि पर गएको प्रहरीलाई बताएका थिए । खाना खाने बेलामा पत्नीसँग विवाद भएको र त्यसपछि शरीरमा मट्टितेल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए। तिलका र उनकी पत्नी सरसफाईको काम गर्थे। तिलकाले काम गर्दा भएको कमाई घरमा नदिने र अत्यधिक मदिरा सेवन गर्ने गरेको विषयलाई लिएर पति–पत्नीबीच बारम्बार झगडा भइरहने स्थानीयले प्रहरीलाई बताएका छन्।

प्रकाशित: १८ असार २०७९, शनिबार ०९:३८

Leave a Reply