No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेश्नलिष्ट पिपल्स पार्टीको यस्तो छ राजा फर्काउने रोडम्याप

१. युगौँदेखि हिमवत्खण्डको यस मुलुकमा हिन्दू अधिराज्य नै कायम गरी एकमात्र हिन्दूराष्ट्रलाई विश्वमाझ ओजश्वी बनाउन औपचारिक राजसंस्था स्थापित गरेर दीगो बनाइनेछ । साथै उप्रान्त निर्वाचित पद्धतिबाट प्रधानमन्त्री चयन गरिनेछ ।

0
घोषणा–पत्र
नेश्नलिष्ट पिपल्स पार्टी गठन गर्नुको उद्देश्य नै देशको मुहार फेर्न अभ्यासगत रुपमै सिर्जनशील कार्य गरेर देखाउँदै सही लक्ष्यसम्म पुग्नु हो । यसका लागि यस पार्टीले केही विषयलाई मूल सिद्धान्त रुपमा अङ्गाल्दै अघि बढ्ने योजना बनाएको छ, जसलाई घोषण–पत्रका रुपमा तयार गरि प्रस्तुत गरिन्छ ः
१. युगौँदेखि हिमवत्खण्डको यस मुलुकमा हिन्दू अधिराज्य नै कायम गरी एकमात्र हिन्दूराष्ट्रलाई विश्वमाझ ओजश्वी बनाउन औपचारिक राजसंस्था स्थापित गरेर दीगो बनाइनेछ । साथै उप्रान्त निर्वाचित पद्धतिबाट प्रधानमन्त्री चयन गरिनेछ ।
२. कुषि क्षेत्रमा भए÷गरेका यावत् वेतिथिलाई चिर्दै नयाँ व्यवस्था लागू गरी अघि बढ्ने छ । जसअनुसार कुषकलाई प्रत्याभूति दिनेदेखि स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न आवश्यक चाँजोपाँजो मिलाउने, उत्पादन पछि उचित व्यवस्थापन गर्नेछ । जसका लागि स्थानीय परम्परागत खेति प्रविधिलाई नै अझ परिस्कृत गर्दै लैजाने, आवश्यक देखिए अन्य प्रविधि पनि भिœयाउने छ । जलवायुका आधारमा खेति किसानी गर्न प्रोत्साहित गर्दै सोहीअनुरुप बीउ–बिजनको व्यवस्था गरिनेछ । खेति जमिन बाँजो नराख्न एक घर एक व्यक्तिको नीति अबलम्बन गरिनेछ ।
३. संस्कृति परम्परा थाँति राख्न पुराताङ्खवीक सम्पत्तिको आधुनिक प्रविधिले जगेर्ना गर्दै यसैबाट पर्यटनमा समेत टेवा पुग्ने बलियो योजनामा कार्य गर्नेछ ।
४. देशको सार्वभौमशक्तालाई अक्षुण राख्न, बाह्य अनावश्यक हस्तक्षेपलाई नियन्त्रण गरी गतिलो सुरक्षा प्रदान गर्न क्षत्रिय सुरक्षा नीति अपनाइनेछ । साथै आन्तरिक सुरक्षा व्यवस्थामा देखिएको फितलोपनलाई सुदृढ गर्दै लैजाने ।
३. आजको राजनीतिमा देखिएका बेथितिलाई चिर्न युवाहरुलाई सकारात्मक ढङ्गले अगाडि जान सिकाउने ।
४. जनतालाई आनै खुट्टामा उभिन उद्योग गतिविधि गर्न सिर्जनात्मक रुपमा प्रोत्साहित गर्न क्षमताअनुरुपको कार्य विभाजन गरी व्यक्ति, परिवार र देशलाई टेवा पुग्ने कार्य गर्न राज्यद्वारा नै पहल गरी युवापिढीलाई बेरोजगार हुनबाट रोक्नेछ ।
५. सबै सदस्यहरुलाई उद्योगी भई काम गर्न चौतर्फि विभागमा विभाजित गरी एकआपसमा हातेमालो गर्दै अगाडि बढ्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।
६. आगामी चुनावमा यस पार्टीको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्तित्वहरु तयारी गर्न ।
७. स्वास्थ्य र शिक्षामा आजको विकसित मुलुकहरुले अवलम्बन गरेका उत्वृmष्ठ योजनालाई आत्मसाथ गर्दै देश सुहाउँदो नीति लागू गर्नेछ ।
८. प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्म संस्कृत पठनपाठन अनिवार्य गराइनेछ । पूर्वबाट उदाएको ज्ञानको भण्डारलाई फेरी विश्वसामु स्पष्टरुपमा देखाउनेछ ।
९. शहरी क्षेत्रको फोहरमैला व्यवस्थापन गर्न छुट्याइएको फोहोरबाट प्राङ्गारिक मल तयारी गरी कृषिजन्य क्षेत्रमा उचित वितरणको व्यवस्थापन गरिनेछ ।
१०. परराष्ट्र नीति दह्रो बनाउँदै परराष्ट्रसम्बन्धी विज्ञ तथा प्राज्ञिक व्यक्तित्वलाई मात्र कार्यभार सुम्पिनेछ ।
११. मनोरञ्जनको दृष्किोणबाट खेलकुद जगत्लाई अझ विकसित गरी नेपाली खेल र खेलाडीलाई विश्वमाझ अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ ।
प्रचार प्रसार बिभाग
नेश्लिट पिपुल्स पाटी
काठमाडौ थापागाऊ
May be an image of 3 people, people sitting and indoor
प्रकाशित: २८ असार २०७९, मंगलवार ११:१६

Leave a Reply