No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धर्म निरपेक्ष भनेकाे के हाे ?

0
हेम विक्रम सिलवाल
फ्रान्स रिभाेलुसन हुनु पूर्व युराेप पुरै आस्तिक वादी थिए। त्यस ताका पादरीहरूकाे आस्थाको बाेलबाला युराेप लगायत अमेरिका मा थियो। प्रथम र दाेस्राे विश्वयुद्धपछि फ्रान्सेली क्रान्ति भएपछि क्रिस्चियन धर्मगरूहरूको अत्याचार पछि धर्मलाई अफिम सरह मानी हटाउने रिभाेलुसन आरम्भ भयो। त्याे हुनुमा धर्माचार्यहरूकाे ठूलाे कमजाेरीलाई बनाइयो। मार्क्सकाे भनाइ यहाँ रौनक देखियो। हिजाेका क्रिस्चियन धर्मावलम्बीहरू नै अहिलेकाे धर्म निरपेक्षकाे वकालतमा उभिन पुगे । वास्तवमा पश्चिममाहरूकाे आफ्नाे कुनै धर्म छैन/थिएन । ति सबैलाई हिजाे। म्लेछ्य भनिन्थ्यो। पूर्वी एसिया जेरूसलमबाट शुरू भएको क्रिस्चियन धर्म फैलिने क्रममा पुरा युराेप तथा अमेरिकी नागरिकहरू जिजस क्राइस्ट अनुयायी हुन पुगे र क्रिस्चियन धर्मले ईश्वरमा विश्वास राख्दछन्। इस्लाम धर्म र यसका प्रवर्तक मुहम्मद पनि एसियामा नै जन्मेकाे धर्म हाे । आज विश्वव्यापी रूपमा इस्लाम धर्म पनि त्यतिकै सक्रिय छ ।
सिन्धु सभ्यताबाट जन्मिएको पुरातन वैदिक सनातन हिन्दू धर्मको पनि त्यत्तिकै विशेषता छ। यहुदी, बुद्धिस्ट, सिन्ताआे, ताआे, बाेन वा बाहि आदि धर्महरू ईश्वरमा विश्वास राख्दछन्। फ्रान्सेली रिभाेलुसनपछि पश्चिममाहरूले कहिँकतै धार्मिक गतिविधिलाई झल्काउने कुनैपनि किसिमको क्रुस तथा लकेट लगायतका वस्तुहरुको आम प्रयोग गर्न प्रतिबन्ध लगाएकाे छ । नास्तिक वाद र भौतिकवादका सुख सुविधालाई मात्र प्राेत्साहन दिइयो। याे सबै अदृश्य शक्ति “वान वर्ल्ड अर्डर” (इलुमिनाटी) द्वारा परिचालित छ । बेलायत युराेपियन युनियनबाट बाहिरिनु काे कारण पनि यही भएकाे हालसम्म ठम्याइ छ। बेलायत राजसंस्था र धर्ममा अडिएको मुलुक हो। आज वान वर्ल्ड अर्डरकाे षड्यन्त्र बुझ्ने क्रिस्चियन धर्मावलम्बीहरू मात्र छन् ।आज अमेरिकाको डेमोक्रेटिक पार्टीका प्रेसिडेन्ट याे अदृश्य शक्तिबाट परिचालित छ। अमेरिका अर्को लिबरल डोमाेक्र्याटिक पार्टीका पूर्व प्रेसिडेन्ट डाेनाल्ड ट्रम आध्यात्मिकता र अमेरिकी फस्ट भनेर निर्वाचन जितेका थिए। आज अमेरिका लगायत सम्पूर्ण युराेपभरी आध्यात्मिक वाद र नास्तिक वाद बीच ठूलाे लडाईं चलेको छ। वान वर्ल्ड अर्डरकाे षड्यन्त्र हिन्दू धर्मावलम्बी र बुद्धिस्टहरूले बुझेका छैनन्।
जुन अहिले रसिया र युक्रेन द्वन्द्व छ, यसमा नास्तिक वादकाे नेतृत्व युक्रेनका राष्ट्रपति जेलेन्स्की र आध्यात्मिकताकाे नेतृत्व रूसका राष्ट्रपति पुटिनले बाेल्दै आएका छन्। याे युद्ध भनेको अबकाे विश्व दुइ ध्रुवमा विभाजित हुने निश्चित छ। वान वर्ल्ड अर्डरकाे षड्यन्त्र पुटिनले बुझेका छन् । हालसालै फ्रान्समा मुस्लिम महिलाहरूले स्वीमिङ्ग पुलमा धार्मिक पहिचानको वस्त्र लगाएको हुदाँ अब त्यस्तो गर्न नपाइने गरी प्रतिबन्ध लगायो। यदि गर्ने नै हाे भने निर्वस्त्र गर्न पाउने उर्दी जारी गर्यो। त्यस्तै जर्मनीकाे संसद्मा गत वर्ष एकजना सांसद्ले आफ्नै परिवार भित्र दाजु बहिनी, दिदी भाई बीच यौन सम्पर्क हुन पाउनु पर्छ भनि बिल पेश गरे । जुन सञ्चारमाध्यममा आज पनि देख्न सकिन्छ। याे भनेको अदृश्य शक्ति वान वर्ल्ड अर्डरकाे प्रभाव हो। आज विश्व जानि नजानी यसैकाे लहैलहैमा फस्दै आएकाले छ । नेपाल पनि यसबाट अछुतो छैन। काेराेनाकाे नाममा विश्वव्यापी रूपमा लकडाउन भए । आध्यात्मिक आयुर्वेदिक पद्धतिबाट उपचारकाे कुरा गरेर कहिल्यै नथाक्ने मित्रराष्ट्र भारतका मठाधिसहरू, धर्माचार्यहरू र रामदेव जस्ता थुप्रै बाबाहरू डब्लुएचओकाे पुच्छर हुँदै उतै दौडिए ।
यस षड्यन्त्रको परिभाषा क्रिस्चियन धर्मावलम्बीहरूले काेराेना षडयन्त्र हो भनि अमेरिकामा झण्डै ४० प्रतिशतले खाेप नलगाएर विरोध गरेका छन्। र युरोप भरी पनि ईश्वरमा विश्वास गर्नेहरूले खाेप लगाएनन् । नेपाल, भारत लगायतका वैदिक सनातनी हिन्दूहरूले याे अदृश्य शक्तिकाे षड्यन्त्र अझै बुझेका छैनन्। मठ, मन्दिर, चैत्य, गुम्बा लकडाउनकाे समयमा आफ्नो आस्था माथिको धराेहर बन्द हुँदा टुलुटुलु हेरेर बसे । कुनै विरोध प्रतिरोध गरेनन्। र आज पनि फेरी लकडाउन जारी छ । डब्लु एच आे मार्फत यो अदृश्य शक्तिले संसारकाे मानव सभ्यता माथि ठूलाे खेलवाड गर्दैछ । धर्म निरपेक्ष भनेको मानवता बिरोधि शक्तिको हतियार हाे । भौतिक कर्पोरेट वाद र आध्यात्मिक वाद बीच द्वन्द्व चरम उत्कर्षमा पुग्ने निश्चित छ। हाम्रो देशको वैदिक सनातनीहरूले मननै गरेनन् ।
जय गुरु गाेरख
सिलवाल नेश्नलिष्ट पिपुल्स पार्टीका प्रवक्ता हुनुहुन्छ ।
 
May be an image of 1 person and indoor
प्रकाशित: १४ श्रावण २०७९, शनिबार १४:३५

Leave a Reply