No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मङ्कीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

0

सरकारले मङ्कीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुईसातापछि थाइल्याण्ड आइपुग्ने अपेक्षा गरिएको छ ।

खोपको पहिलो खेप पाँचसय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्ने भन्ने निर्णय भइसकेको छैन । देशमा हालसम्म मङ्कीपक्स दुईजा बिरामी फेला परेका छन् ।

फुकेट टापुमा परीक्षण गर्दा पहिलोपटक एकजना नाइजेरियाली नागरिक र यहाँ एक थाई नागरिकलाई दोस्रो बिरामीका रूपमा पहिचान गरिएको हो ।

स्वास्थ्य अधिकारीहरूले रोग पुष्टि भएकाहरूको ‘कन्ट्याक्ट टेसिङ’ गरिएको र सङ्क्रमण नफैलिएको जनाउँदै उनीहरूले अहिलेसम्म दक्षिणपूर्वी एसियाली देशमा आधिकारिक रूपमा मङ्कीपक्स सङ्क्रमण नभेटिएको बताएका छन् ।

भारतमा छैटौँ व्यक्तिमा मङ्कीपक्स
यसैबीच, भारतमा मङ्कीपक्सका छैटौँ बिरामी राष्ट्रिय राजधानीमा फेला परेका छन् । दिल्लीको स्वास्थ्य विभागका अधिकारीका अनुसार विदेश यात्रा नगरेका नाइजेरियाली नागरिक उक्त रोगबाट सङ्क्रमिता भएका बताइएको छ ।

करिब एक वर्षदेखि दिल्लीमा बस्दै आएका बिरामीलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ । यसअघि चारजना बिरामी दक्षिणी राज्य केरला र एकजना नयाँदिल्लीमा फेला परेका थिए । भारतमा उक्त रोग लागेर एकजनाको मृत्यु भइसकेको छ ।

न्यूजिल्याण्डमा तेस्रो बिरामी
न्यूजिल्याण्डमा पनि मङ्कीपक्सका एकजना बिरामी थपिएका छन् । यो सँगै त्यहाँ मङ्कीपक्सका बिरामीको सङ्ख्या तीन पुगेको छ । जनस्वास्थ्य अधिकारीहरूले पछिल्लो बिरामीबाट रोग सर्ने जोखिम कम रहेको बताएका छन् ।

गत महिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आधिकारिकरूपमा मङ्कीपक्सलाई अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार १२:३१

Leave a Reply