No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारले भन्यो-गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको ओलीको दाबी निराधार

0

काठमाडौं । सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्न गुप्तचार परिचालन नगरेको बताएको छ । शुक्रबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले गुप्तचर परिचालन गरेको नागरिकको फोन ट्रयापिङ गरी वैयक्तिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताएका हुन् ।

उनले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत र यसको सम्मान र संवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।

उनले भने,‘केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको नागरिकको फोन ट्यापिङ गरी वैयक्तिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु । यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गर्दछु । सरकार व्यक्तिको स्वतन्त्रता र गोपनियताको अधिकारप्रति सचेत छ र यसको सम्मान र सम्वद्र्धन गर्न प्रतिवद्ध छ ।’

एमाले अध्यक्ष ओलीले बिहीबार आयोजित एक कार्यक्रममा सरकारले आफ्नो गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको बताएका थिए ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार ११:१९

Leave a Reply