No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माओवादी अध्यक्ष प्रचण्ड जापान प्रस्थान

0

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । सचिवालय टोलीसहित प्रचण्ड नेपाल वायु सेवा निगमको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । प्रचण्ड नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा त्यसतर्फ गएका हुन् ।

उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । उनले शनिबार जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्नेछन् ।

अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुन्छ । अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका रहेको उनको सचिवालयले जनाएको छ ।

त्यस्तै आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ’समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

प्रचण्ड जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम छ । दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार १७:३८

Leave a Reply