No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसबाट क्राइमिया खोस्ने युक्रेनको दाबी

0

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्राइमियाको स्वतन्त्रतापछि मात्रै रुस–युक्रेन युद्ध सकिने बताएका छन् । क्राइमियाको एक रुसी सैन्य अखडामा विस्फोटहरू भए लगत्तै जेलेन्स्कीको यस्तो भनाइ आएको हो । आफ्नो रात्रिकालीन भिडियो सम्बोधन क्राइमियाबारे केन्द्रित गरे पनि उनले विस्फोटबारे केही उल्लेख गरेनन् ।

उनले क्राइमिया युक्रेन भएको र यसलाई त्याग्न नसक्ने बताए । उनले युद्ध क्राइमियाबाटै सुरु भएको र अब यसको स्वतन्त्रतासँगै अन्त्य हुनुपर्ने बताए ।

उनले युद्धको समाप्तिअघि क्राइमिया पनि युक्रेनले फिर्ता लिनुपर्नेमा जोड दिए । यसअघि क्राइमियाको एक सैन्य अखडामा भएका विस्फोटहरूमा एक जनाको मृत्यु भएको उक्त क्षेत्रमा रुसले नियुक्त गरेका प्रशासन प्रमुखले बताएका छन् ।

उक्त टापुको पश्चिमी तटमा रहेको सैन्य अखडामा विस्फोट भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा फैलिएका भिडियोहरूमा धेरै वटा विस्फोट भएका देखिन्छन् । घटनापछि रुसको रक्षा मन्त्रालयले गोलाबारुद विस्फोट भएको बताए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

रुसको सरकारी समाचार संस्था रियाले रक्षा मन्त्रालयलाई उदृत गर्दै विस्फोटबाट गोलाबारुद भण्डारमा आगजनी नभएको उल्लेख गरेको छ । मस्कोले सन् २०१४ मा युक्रेनबाट टुक्राएको द्वीप रुसीहरूका लागि लोकप्रिय पर्यटकीय गन्तव्य हो ।

प्रकाशित: २५ श्रावण २०७९, बुधबार ०४:५६

Leave a Reply