No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘परदेशी २’ फागुन ५ मा आउने

0

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा हेरफेर गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो । निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए ।

उनले वितरक, हल संचालक एवं चलचित्रकर्मीहरुसँगको सरसल्लाहमा चलचित्रलाई फागुनमा ल्याउने निर्णय गरिएको जानकारी गराए । चलचित्रको केही प्राविधिक कामहरु बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको निर्देशक नारायण रायमाझीले बताए ।

निर्णय अनपेक्षित भएपनि समग्र चलचित्र क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको निर्माण टिमको भनाई छ । निर्देशक रायमाझीले भने, ‘यसलाई सबैले सकारात्मक रुपमै लिनुहुनेछ भन्ने अपेक्षा राखेका छौं ।’ चलचित्र ‘परदेशी २’ मा प्रशान्त तामाङ्, प्रकाश सपूत, केकी अधिकारी, दीलिप रायमाझी, वर्षा शिवाकोटी लगायतको मुख्य भूमिका छ ।

प्रकाशित: २७ श्रावण २०७९, शुक्रबार १४:१५

Leave a Reply