No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुरक्षा कारबाहीमा सोमालियामा अल सेबाबका १३ लडाकूको मृत्यु

0

सोमालियाको सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको संयुक्त कारबाहीका क्रममा अल सेबाबका कम्तीमा पनि १३ जनाको ज्यान गएको छ ।

मध्य सोमालियाको हिरान क्षेत्रमा भएको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका जनाइएको छ । सोमाली नेसनल आर्मी रेडियोले दिएको जानकारीअनुसार आइतबार यहाँको सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले गरेको हवाई कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् ।

हिरान क्षेत्रमा भएको आतङ्कवादीविरुद्ध कारबाहीमा ती लडाकू मारिएका सो रेडियोले जनाएको छ । कारबाहीका क्रममा परी अरु केही लडाकू घाइते भएका र अल सबाबका लडाकू भएका आश्रयस्थलहरु पनि ध्वस्त बनाइएको छ ।

यहाँका अल सेबाब लडाकूहरुका विरुद्धमा सोमालियाली सेना र संयुक्त राष्ट्रसङ्घीय सेनाले संयुक्त रुपमा आतङ्कवादीविरुद्ध कारबाही थालेका छन् । पछिल्ला दिनहरुमा अल सेबाबले यस क्षेत्रमा हिंसात्मक क्रियाकलाप सञ्चालन गर्दै आएकाले सो कारबाही अघि बढाइएको बताइएको छ ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार १०:०१

Leave a Reply