No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अफगानिस्तानमा बाढी पहिरोमा परी १७ जनाको मृत्यु

0

अफगानिस्तानमा आएको बाढी पहिरोका कारण कम्तीमा सत्र जनाको मृत्यु भएको छ ।देशको शिनवारी र सियागुर्ड जिल्लामा आइतबार आएको बाढी पहिरोका कारण मानवीय र भौतिक क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

शिनवारीका जिल्ला प्रमुख मुल्लाह खान मोहम्मदले सोमबार दिएको जानकारीअनुसार आइतबार बेलुका अत्यधिक बर्षापछि बाढी पहिरो आएको हो । मृत्यु भएका मध्ये शिनवारीका १३ जना र छिमेकी जिल्ला सियागुर्डका चार जना रहेको पनि उनले बताए । बाढी पहिरोका कारण अरु पनि कतिपय गाउँलेहरु बेपत्ता भएको बताइएको छ ।

यस बारेमा थप विवरण आउन बाँकी नै रहेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको र त्यसका लागि उद्धारकर्ता तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

बाढी पहिरोका कारण मृत्यु भएका, बेपत्ता भएका, घाइते भएका र क्षति भएकाको विवरण स्पष्ट भइनसकेको सरकारी अधिकारीहरुको भनाई छ । गत महिना मात्रै अफगानिस्तानमा बाढी पहिरोका कारण २०० भन्दा बढीको मृत्यु भएको र धेरै भौतिक संरचनामा क्षति भएको थियो ।

प्रकाशित: ३० श्रावण २०७९, सोमबार १०:१४

Leave a Reply