No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतीय फुटबलमाथि फिफाको प्रतिवन्ध

0

अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने भारतलाई प्रतिबन्ध लगाएको हो । संघको चुनाव विगत दुई वर्षदेखि हुन सकेको छैन ।

अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाव नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।

 

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार ०७:२९

Leave a Reply