No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुरक्षा कारबाहीमा सिरियामा आइएसका एक कमाण्डरको मृत्यु

0

सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको कारबाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ ।

सञ्चारमाध्यमहरुले केही दिनअघि मात्र पनि आइएसका एक वरिष्ठ कमाण्डर मारिएको समाचार दिएका थिए र सोमबारको कारबाहीमा यी अर्का कमाण्डर मारिएका छन् । सिरियाली सेनाले मारिएका ती कामाण्डर महमद अहमद अल–हलाक रहेको जनाएको छ ।

मारिएका ती कमाण्डर दक्षिणी सिरियाका एक खतरनाक कमाण्डर रहेका पनि जनाइएको छ । दक्षिणी सिरियाको दारा क्षेत्रको यारमाउकमा आइएसको एक तालिम केन्द्र रहेको छ र सो तालिम केन्द्रको प्रमुखका रुपमा यी कमाण्डरले काम गरिरहेका थिए ।

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार ०८:४५

Leave a Reply