No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विपक्षी नेताहरुलाई किन यतिविघ्न गाली गर्छन् एमाले अध्यक्ष ओली ?

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफन्तहरुलाई अघि सारेर भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले श्रीमती र सालाहरु अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री देउवाले आफन्तमार्फत् देशलाई दुःख दिएको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरीलाई मेयर बनाउन मरिहत्ते गरेकै कारण केहीले राजनीतिलाई घृणा गरेको बताए ।

उनले व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणाभाव जागृत भएको तर्क उनले गरे । सत्तारुढ दलका नेताहरुले राजनीति नगरेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसकाविरुद्ध लड्न पनि सबैलाई आह्वान गरे ।

राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानवजातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरु दृढतापूर्वक उभिरहेको दाबी गरे ।

उनले भने, ‘पोलिटिक्सको नाममा छोरीलाई मेयर बनाउन मरिहत्ते, मारामार, काटाकाट । म यो पनि बेचिदिन्छ, त्यो पनि बेचिदिन्छु, जे पनि गरिदिन्छु, छोरीलाई मेयर बनाएर छोडछु । यस्तो पोलिटिक्स गर्नु भयो भने पोलिटिक्स हुँदैन । त्यो स्वार्थ हो । स्वार्थ र राजनीति भनेको फरक कुरा हो । राजनीतिको नाममा त्यो विकृति हो । आफन्त लगाएर अनि भ्रष्टाचार गर्ने अनि यस्तै हो पोलिटिक्स भन्ने, पोलिटिक्स त्यस्तो हुन्छ ? श्रीमती, सालाहरु अगाडि सारेर भ्रष्टाचार गरेर, देशलाई दुःख दिएर त्यस्तै हुन्छ पोलिटिक्स ?’

अध्यक्ष ओलीले राजनीतिमा एकथोपा पनि पसिना नबगाएकाहरुले यसलाई इन्जोय गर्ने माध्यमको रुपमा लिएको टिप्पणी समेत गरे ।

स्वतन्त्रको पहिचान बनाएर राजनीतिमा सहभागी भइरहेकाहरुप्रति संकेत गर्दै उनले राजनीतिलाई उनीहरुले रमाइलो गर्ने माध्यमको रुपमा लिएपनि त्यस्तो नभएको बताए ।

उनले भने, ‘कस्तो पोलिटिक्स भन्ने हुन्छ । हावादारी पोलिटिक्स होइन । हा हुँको पालिटिक्स होइन । मौसमी तालको नि । भनिदिनलाई सजिलो छ । अस्ती म यसो सुन्दैथिए मानिसहरुले बोलेको । दुःख नगरेका, पसिना नबगाएका, केही नगरेका, केही नगरेकालाई कमेन्ट गर्न सजिलो छ । तिनले लोकतन्त्रका लागि एक थोपा पसिना बगाएको छैन । जसले लोकतन्त्रका लागि उक थोपा पसिना बगाएको छैन । जसले कुनै बलिदान दिएको छैन । कोही परिवारको सदस्यले बलिदान दिनु परेन । उसले केही क्षति नै व्यहोरेको छैन । उसका लागि पोलिटिक्स हा हुँ गर्ने, इन्जोय गर्ने माध्यम बनेको छ ।’

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार १२:०६

Leave a Reply