No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चुनावी खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारमाथि आयोगद्वारा कारबाही प्रक्रिया सुरू

0

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर, चुनावी खर्च विवरण नबुझाएका १ लाख २३ हजार ७८३ उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरू गरेको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गरी खर्च विवरण नबुझाउने उम्मेदवारको कारबाही प्रक्रिया प्रारम्भ गरेको जानकारी दिएको हो ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जना समेत १ लाख २३ हजार ७८३ जना छन् ।

प्रकाशित: ३१ श्रावण २०७९, मंगलवार १४:३८

Leave a Reply