No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक

0

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्रालयले शिक्षासम्बन्धी दिगो विकास लक्ष्यलाई समेत मध्येनजर गर्दै शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्नका लागि तयार गरिएको सोचपत्र सार्वजनिक गरिएको हो ।

सोचपत्रमा शिक्षा नीतिले तोकेका १३ उद्देश्य समावेश गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । प्रारम्भिक वाल विकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रुपान्तरणको क्षेत्र र अपेक्षित उपलव्धी तथा सुधारका कार्यहरु सोचपत्रमा समावेश गरिएको मन्त्री पौडेलले बताए ।

उनले गत आर्थिक वर्षमा शिक्षा सेवा आयोगको नियमावली ११ औं संशोधन भएको,दश बर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत लगाएतका काम भएको जानकारी दिए ।

भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ विद्यालयमध्ये थप ६६१ बिद्यालयको निर्माण कार्य सम्पन्न भइ हालसम्म कुल ७ हजार २ सय ७५ विद्यालयको पुननिर्माणको काम सम्पन्न भएको मन्त्री पौडेलले बताए । उनले करिव २७ हजार सार्वजनिक बिद्यालय मध्ये १३ हजार विद्यालयहरुको भौतिक पूर्वाधारहरु तुलानात्मक रुपमा बनेको धारणा राखे ।

बाँकी बिद्यालयको भौतिक पूर्वाधारहरु तीन बर्षभित्र निर्माण गरिने उनको भनाई छ । उनले १० बर्षमा ११ प्रतिशत शिक्षण सिकाईमा प्रगति भएको बताए ।

त्यस्तै, गत आर्थिक वर्षमा १ लाख १३ हजार विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहमति पत्र उपलव्ध गराइएको र ९१ जना विद्यार्थीहरुलाई प्राविधिक बिषयको उच्च शिक्षा अध्ययनका लागि छात्रवृति उपलव्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ४ आश्विन २०७९, मंगलवार १६:४९

Leave a Reply