No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुडानमा बाढी पहिरोमा परी १४६ जनाको मृत्यु

0

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सका अनुसार अरु केही व्यक्ति अझै हराइरहेका छन् ।

काउन्सिलले सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी दिएको हो ।

हालै यहाँ आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ । यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पुर्याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पुर्याएको छ ।

 

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार ०७:०५

Leave a Reply