No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायल र टर्कीका राष्ट्रपतिबीच भेटवार्ता

0

इजरायलका प्रधानमन्त्री याइर लापिड र टर्कीका राष्ट्रपति रेसेप तयीप एड्रोगानबीच भेटवार्ता भएको छ । दुई देशका ती नेताहरुबीच सन् २००८ पछि पहिलो पटक भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा सहभागी हुन न्युयोर्क गएको बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

जापिडको सचिवालयले जारी गरेको वक्तव्यमा अनुसार उनीहरुले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बारेमा छलफल गरेका थिए । साथै दुई पक्षीय हित, साझा चासो र सरोकारका विषयमा पनि उनीहरुका बीचमा छलफल भएको जनाइएको छ ।

उनीहरुले विशेष गरी आर्थिक तथा उर्जा सहकार्यका बारेमा छलफल केन्द्रित गरेका थिए । दुई देशका बीचमा गत अगस्टमा पूर्ण रुपमा कुटनीतिक सम्बन्धलाई व्युँताउने सम्झौता भएको थियो ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार ०७:१२

Leave a Reply