No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीर अस्पताल क्षेत्रमा महानगरले चलायो डोजर

0

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल आसपास क्षेत्रका औषधि पसल राखिएका अनधिकृत संरचना डोजर लगाएर हटाएको छ । महानगरले टहरा हटाउन सूचना दिएपनि अटेर गरेपछि डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । अस्पताल आसपासका क्षेत्रमा बनाइएका अनधिकृत संरचनामा औषधि पसलहरु थिए ।

महानगरपालिकाले ३५ दिने अल्टिमेटम महानगरभित्रका अनधिकृत संरचना हटाउन भने पनि नमानेपछि महानगरले डोजर चलाएर संरचना हटाइरहेको छ । महानगरले बानेश्वर, काटेश्वर, बालाजुलगायतका क्षेत्रमा अनधिकृत संरचना हटाएको छ भने अन्य क्षेत्रमा पनि अनधिकृत संरचना हटाने अभियान चलाइरहेको छ ।

प्रकाशित: ६ आश्विन २०७९, बिहीबार ०९:३०

Leave a Reply