No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अर्थलाई चुनाव घोषणापछिका रकमानान्तरको विवरण २४ घण्टाभित्र पेश गर्न आयोगको निर्देशन

0

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनको खर्चको विवरण २४ घण्टाभित्र बुझाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

शुक्रबार आयोगले विज्ञप्ति जारी गरी वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले के कति रकम कुन कुन योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ कि छैन भन्ने विषयमा २४ घण्टाभित्र विवरण बुझाउन निर्देशन दिएको छ ।

 

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०८:१७

Leave a Reply