No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनसीसी र कुमारी बैंकबीच मर्जरमा जाने समझदारी

0

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र कुमारी बैंकबीच मर्जरका लागि समझदारी भएको छ । एनसीसीका तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटी संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै बैंकको सेयर स्वाप रेसियो १ः१ हुनेछ। अर्थात् एनसीसी र कुमारी बराबर हैसियतमा एकअर्कामा गाभिन तयार भएका छन्। मर्जरपछि नाम भने कुमारी बैंक रहने छ । मर्जरपछिको कुमारी बैंकमा रमेशराज अर्याल प्रमुख कार्यकारी अधिकृत हुनेछन्। उनी अहिले एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत छन्।

कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन् । दुई बैंक गाभिएपछि २५ अर्ब ८५ करोड चुक्ता पुँजी पुग्नेछ। निक्षेप ३ खर्ब ११ अर्ब र कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड पुग्ने सम्झदारी समारोहमा जानकारी दिइयो। जगेडा कोषलगायतका आधारमा ३७ अर्ब ६५ करोड कुल पुँजी हुनेछ।

प्रकाशित: १० आश्विन २०७९, सोमबार ११:११

Leave a Reply