No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललितपुर क्षेत्र ३ मा मेरो उम्मेदवारी किन ? केवी व्रम्हचार्य, प्रतिनिधि सभा सदस्य उम्मेदवार

0
केवी व्रम्हचार्य, प्रतिनिधि सभा सदस्य उम्मेदवार-
 ललितपुर क्षेत्र ३ मा मेरो उम्मेदवारी किन ? [एजेन्डा]
1. नेपालको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रियताको रक्षा गर्न गतिशील नेतृत्व स्थापना गर्ने ।
2. राज्यको दक्ष र शिक्षित जनशक्ति ब्रेन ड्रेन [Brain drain]को विकरालरुपमा देखिदै आएको अवस्थामा ललितपुर क्षेत्र नम्वर ३ को दीगो विकासका लागि ललितपुरको प्राकृतिक स्रोतसाधनको प्रयोगको आधारमा ललितपुर क्षेत्र नम्वर ३ निवासी वुवाआमा, दाजुभाई, दिदिवहिनीहरुका लागि नयाँ रोजगारीको योजना निर्माण र अवसर सृजना गरी बेरोजगारी उन्मूलन, कृषिमा आत्म निर्भर वनाउने ।
3. नेपालको कृषि भुमिराजनीतिक [Geo politics], संस्थागत भ्रष्ट्रचार[ organize corruption], कूटनीतिक वेईमानी [ diplomatic corruption & infiltration] र घुसपैठ बन्द गर्ने ।
4. सामाजिक, संस्कृति र धार्मिक परम्परा र सद्भावलाई सुदृढ तथा संम्वृध्द वनाउने ।
5. स्थानीय आवश्यकता अनुसार सुरक्षा र स्वास्थ्य क्षेत्रमा सुधारसहित समान अवसरको विकास गरी सर्वसाधारणको पहुचमा वृध्दि गर्ने ।
6. विश्व सम्पदासूचीमा सूचीकृत धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको संरक्षण, सम्वर्धन र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने ।
7. रैथाने उधोगहरुको संरक्षण र ललितपुरलाई औधोगिकिकरण गर्ने ।
8. स्वास्थ्य, शिक्षा र वित्त क्षेत्रमा समान अवसरलाई स्थापित गर्ने ।
9. वैदेशिक लगानी तथा प्रविधिलाई प्रोत्साहन गर्दै ललितपुर क्षेत्र नम्वर ३ को औधोगिकिकरणको दीर्घकालीन विकासका लागि प्रोत्साहन गर्ने ।
10. स्थानिय हस्तकला लगायतका उत्पादनहरुलाई अन्तर्राष्ट्रिय वजारिकरण व्यवस्था गर्ने ।
11. उधोग, उत्पादन, व्यापार क्षेत्र लगायतहरुमा लगाईएको तहगत करलाई वन्द गरी एकल कर प्रणाली[single tax system] लागू गर्ने । देशका युवा तथा खेलाडीहरुलाई आवश्यक सिपको विकास र जीवन बीमा व्यवस्थापन गर्दै आत्मनिर्भर वन्न अवसर प्रदान गर्ने ।
12. स्थानीय नेवा धर्म, संस्कृति र भाषाको संरक्षण सम्वर्धन गर्ने ।
13. विभिन्न स्थानहरुमा रहेको सार्वजनिक जमिनहरुको संरक्षण गरि आवस्यकता अनुसार पार्क, व्यायाम स्थल, स्विमिङ्गपुल, र फल्चाहरु निर्माण गर्ने ।
14. वुङ्गमती खोकनामा रहेको द्रुत [ fast track] मार्ग आयोजनालाई धर्म, संस्कृति, परम्परा र अस्थित्वलाई जोगाएर आपसी सहमती र सहकार्यमा निर्माण गर्ने ।
15. उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भईरहेको अवस्थामा ललितपुरका विभिन्न स्थानहरुमा फोहोर जैवी बिरुवाबाट ईथानोल उत्पादन गरी वजारिकरण गर्ने र फोहोरवाट प्राङ्गरिक मल उत्पादन तथा प्रयोग गर्ने ।
16. सिपको आधारमा श्रमको मूल्य निर्धारण गर्ने लिङ्गको आधारमा विभेद उन्मूलन गर्ने ।
17. २०७२ पछिको भुकम्पपछिको पुनर्निर्माणमा ढिलाई भई कुरुप भग्नावशेषहरुलाई पुनर्निर्माण गर्ने ।
18. शिक्षा, स्वास्थ, सडक, पूर्वाधार लगायतका क्षेत्रमा भएको राजनीतिक हस्तक्षेप वन्द गर्ने ।
19. भ्रष्ट्रचार, कुशासन र अनियमीतताको निर्मूल गर्ने ।
20. समानुपातिक र प्रदेश प्रणालीको खारेजीका लागि संविधान संशोधनको माग राख्ने र यसका विरुध्दमा खवरदारी गर्ने ।
21. ललितपुर क्षेत्र नम्वर ३ मा सुध्द पिउने पानीको अप्रयाप्ततालाई मध्यनजर गर्दै विभिन्न स्थानहरुमा रहेको तर प्रयोगमा विहिन पुराना हिटिहरुलाई संरक्षण, सम्वर्धन, प्रवर्धन र पुनर्निर्माण गरी पुन प्रयोग गर्ने तथा भुमीगत जलस्रोतको उत्खनन गरी सुध्द पिउने पानी उपलव्ध गराउने ।
23.सामाजिक संस्कृतिको मौलिकता संरक्षण गर्न सामाजिक नेताहरूलाई विशेष भत्ता
22. अन्य
प्रकाशित: २९ आश्विन २०७९, शनिबार ०२:५८

Leave a Reply