No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मधेसी नेताहरुलाई सोधौंः तपाईंहरूले के गर्नु भयो, भोट किन दिने ?

0

जेपी गुप्ता ।

उपेन्द्र यादव मधेसका एक मुख्य नेता हुन्। आसन्न निर्वाचनमा उनले आफ्नो पार्टी जसपा तथा के.पी. ओलीको एमाले पार्टीका लागि भोट माग्दै छन्। यस अघिको संसदीय निर्वाचनमा बिजयी भई उनि र उनका सदस्यहरू अधिकांश समय मंत्री पदमा रहे। यसरी नै उनको पार्टी जसपा अबिच्छिन्न रूपमा मधेस प्रदेश सरकारमा रह्यो। यो प्रादेशिक सरकार कहिल्यै अस्थिर रहेन। बलियो रूपमा ठूलो बजेटका साथ सरकार चलायो। यो मधेस सरकारले “खेत खेतमा पानी र घर घरमा रोजगार” भनेको थियो। अनेकन् नाराहरू दिएको थियो।

आम चुनावले मतदातालाई राजनीतिक पार्टी र निर्वाचित प्रतिनिधीहरूको मूल्यांकनको अवसर पनि प्रदान गर्दछ। उपेन्द्र यादवको जसपा पार्टी जो मधेसमा पुरै अवधि राज गर्यो; यो पार्टीले मधेसको बिकास गरी अन्ततः मुलुकको बिकासका लागि कति योगदान पुर्यायो? अहिले समृद्धि तथा बिकासको नारा दिएको छ। हिजो कति गर्न सक्यो र आज कति बिश्वास गर्ने? यो प्रश्न खडा भएको छ।

मैले मधेस प्रदेशको अवस्थालाई स्वयं सरकारले सार्वजनिक गरेका केही तथ्यांकहरूको आधारमा तपाईहरूका सामुन्ने राखेको छु।यस आधारमा उपेन्द्र यादव तथा मधेस सरकारमा रहेका अन्य पार्टीका नेताहरूलाई सोधौं- तपाईहरूले के गर्नु भयो? तपाईहरूको कसरी मूल्यांकन गर्ने?

मधेस प्रदेशमा २७.७% मानिस गरिबीको चपेटमा रहनु परेको छ। स्वतन्त्र विज्ञहरूले यो ३५ प्रतिशत भन्दापनि ठूलो रहेको भन्छन। मधेस प्रदेश बहुआयामिक गरिबीको मापदण्डमा पुरै मुलुकमा उच्च रहेको तथ्यांक हालै सार्वजनिक भएको हो।नेपालका ७७ जिल्ला मध्ये मधेस प्रदेशका आठ जिल्लाका बहुआयामिक गरिबहरूको जनसंख्या ३५% रहेको छ। यस प्रदेशमा स्कूल जाने उमेरका मध्ये ५०% बालबच्चाहरू मात्र स्कूलमा भर्नासम्म हुने गरेका छन्। कुपोषणका शिकार जनसंख्याको सन्दर्भमा कर्णाली प्रदेश पछि प्रदेश-२ आउँछ। मधेस प्रदेशमा १५-४९ उमेर समूहका महिला मध्ये ५८% एनिमीया रोगबाट ग्रस्त छन भने ३६.८% नवजात बच्चाहरू कम तौलका जन्मिने गर्छन।

मुलुकका कुल ३५५२० वटा स्कूलहरू मध्ये प्रदेश-२ मा स्कूलको संख्या ४१३७ रहेको छ। यस प्रदेशबाट २४.२०% युवाहरू श्रम बेच्न बिदेशिएका छन्। यसले मधेस प्रदेश भित्रका जिल्लाहरूमा बेरोजगारीको गंभीर अवस्था देखाउछ। मधेस प्रदेशको आर्थिक बिकाश दर भने जम्मा २.३% रहेको छ। यो प्रदेश युवा साक्षरता दरमा मुलुक मै सबभन्दा कम ६३% रहेको छ, जबकि गण्डकी प्रदेशको सर्वाधिक ९५% छ। मुलुकको कूल ४,०१,२३६ उद्योगको तुलनामा मधेस प्रदेशमा उद्योग संख्या ५४,९१० छ।

यहाँको ५४,०४,१४५ जनसंख्यामा जम्मा १३ वटा ठूला सरकारी अस्पताल रहेका छन्। हालको महामारी कोविड-१९ लाई नियन्त्रणमा लिने सन्दर्भमा यो प्रदेश असफल जस्तै देखियो। स्वास्थ्य संरचना ध्वस्त छ। नेपालको सन्दर्भमा मधेस प्रदेशको स्थिति मात्र खराब छ भने होईन। तर, मधेस प्रदेश तुलनात्मक रूपमा बढी खराब देखिन्छ। संघीयता लागू भएपछि के सुधार भयो त? माथीका तथ्यांकमा पुरानो अवस्थाको कति योगदान छ र उपेन्द्र यादवहरूले कति सुधार गरे? सुधारमा उनको योगदान कति छ? किन न सोध्ने उपेन्द्रहरूसंग ?
मधेसका जागरूक मतदाताहरू सोध्नु पर्दछ। सप्तरी क्षेत्र नं २ का युवा मतदाताहरू सोध्नुस्

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार १५:५७

Leave a Reply