No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जनता चुनाव बहिस्कारको अभियानमा देखिन्छन् तर……….

0
सोम विक्रम सिंह,
अध्यक्ष, राष्ट्रिय सरोकार मन्च नेपाल
…………………………
ॐ श्री गणेशाय: नम।‌ ॐ‌आदेश।
२०४६ साल देखि करडौंबाट सम्बिधान सभाको नाममा खरबौं र हालै अरबौं खर्च गरेर चुनाव समापन गरिन्छ र गर्ने गर्थे। चुनाबको समयमा धोती, चप्पल, जुत्ता, साईकल, लुगा सिलाउने कल देखि मासु, चिउरा, जाँड रक्सि, पेट्रोल र रिचार्जको चास्नीमा दुई खुट्टे जनता भुलेर चारहात खुट्टा टेक्ने जन्तु‌ बन्छन् र नदिनाला, देशको अस्मिता, देशको पञ्चशीलको आधारमा बिश्व सामु उभिएको कुटनिती तथा बिदेशनिती र जनताको श्रम बेच्ने‌ दास, लम्पसारवादी, गुलाम, कठपुतली, कार्टेलिङ्गका डन, माफिया तथा भ्रष्ट्रचारीलाई‌ देशको चावी सुम्पिदिन्छ र चुनाव पश्चात राँडो रूवाई गरेर बस्छन्। झन् गणतन्त्रको‌ नाममा बनेको संबिधान अन्तर्गत हुने व्यवस्थामा दलाल नेता तथा पार्टीहरूको नाङ्गो नाचले त झन् देश अहिले रहला कि भरे रहलाको‌ अबस्थामा देश पुगिसक्यो। हालको चुनावी माहोलमा जनताको त्यती आकर्षण देखिएको छैन सिर्फ पार्टीको झोलेहरू बाहेक। टिकापुरमा जनताको प्रश्नको साँघातित हमला सहन नसकि संघमा उम्मेद्वारी दिएका किशोर सिंह राठौरले सबै जनताले मलाई‌‌ भोट दिने होइन क्यारे, दिनेले दिएर जिताए भै गयो नी भनेर बाध्य भएर भन्न पर्यो। जनताको माझमा बसेर उम्मेदवारहरूले गरेको बहसमा पनि जनताले पुरानाहरूलाई प्रश्नको थाक लगाएर हम्मे हम्मे पारेको समाचार हेर्न पाइन्छ। देशको प्रधानमन्त्री र प्रचण्ड लगायत शिर्ष नेता चुनावी प्रचारको सभामा जनताले देउबा बोल्दा सभा नै छोडेर गएको दृष्टान्तले यिनीहरू‌ प्रति जनताको निराशा छ भन्ने जनाउँछ। धेरै कारणले ठगबन्धन र एमाले जनताको माझमा हर्षोउल्लासका साथ जान सकेका छैनन्। सामाजिक सञ्जालमा एउटा पाको उमेर भएको महिलाले झोले कार्यकर्तालाई‌ बृद्ध भत्ता एमालेको‌ कारणले पाएको भन्ने नारालाई ठाडै ईन्कार गरेर त्यो हाम्रै कर तिरेको पैसा हो के त्यो‌ तिम्रा बाउको सम्पत्ती बेचेर दिएका हौ र भनेर प्रतिप्रश्न गरेकी छिन्। यद्धपि ठाउँ ठाउँमा स्वतन्त्र, स्वतन्त्र पार्टी र राप्रपाको चुनावीय ग्राफ अत्याधिक बढेको छ। रवी लामिछाने, रवीन्द्र मिश्र, दिपक बाहादुर सिंह, विक्रम पाण्डे, ग्यानेन्द्र शाही जित्ने पक्का पक्की छ। अन्तराष्ट्रिय दवावमा जित्नु पर्ने उम्मेवाद्वारमा रहेका राजेन्द्र लिङ्देनको जितको‌ सम्भावना रहेको भएता पनि तालमेल गर्दा उनले करिव पन्ध्र देखि बीस जनाको क्षेत्र सुनिश्चित गर्नुपर्नेमा जम्मा आफु लगायत धवल शमसेर र दिपक बोहराको मात्रै गरेकोले पार्टी भित्रैको राजनैतिक प्रतिश्पर्धा हो भन्न सकिन्छ‌। धेरै ठाउँमा फेरि पनि अन्तिम घडीको ग्राफ के हुन्छ, धाँधलीले कतिको सफलता पाउँछ, सुरक्षाकर्मीले कतिको शिर्ष नेता लाई‌ साथ दिन्छन्, त्यो गहनको बिषय छ। रात गए अग्राख पलाउँछ भने झैं गोरखामा पन्ध्र बीस करोड फाले प्रचण्ड जित्ने र अन्य ठाउँमा पनि लुटेर राखेको पैसो फालाफाल हुने संकेत पनि देखिन्छ।‌ चुनाव धाँधली गरेरै जित्नु पर्छ भन्ने मानसिकता राखेका प्रचण्डले खुलेआम भनेकै छन्। प्रचण्ड अबको चुनाव पछि प्रधानमन्त्री बन्ने सपना देखेका छन्। जहाँ सम्म उनको रणनिती हेर्ने हो भने उनि काँग्रेससँग ठगबन्धन गर्दै गर्दा काँग्रेसलाई पचास सिट भन्दा प्रत्यक्षमा उक्लिन नदिने छ।‌ उनका कट्टर नजिकका लाई‌ यो रणनिती जानकारी गरेको भन्ने हल्ला छ। यसपाली सबैले बुझे अनुरूप स्वतन्त्र केहि र स्वतन्त्र पार्टीले केहि सिट हासिल गर्न सक्ने छ, राप्रपाले समानुपातिकमा आश्चर्यजनक राम्रै सिट हासिल गर्ने आशंका छ।‌ यदि एमाले दोस्रो भएमा वाम गठबन्धन हुने संभावना बढेर गएको छ। तर माधब नेपालले चुनाब जित्न चाहिँ बाजे देखिको बल लगाउन पर्ने देखिन्छ।चिनका नेताको चुनावी मुखमा हुने भ्रमणले पनि केहि न केहि संकेत गर्दछ। यदि एमालेले प्रचण्डलाई साथ दिएर सरकार बनाउने स्थिती आयो भने बाबुराम हिस्स बुढि खिस्स दाँत हुने र फेरि पनि बिध्या भण्डारी‌ नै राष्ट्रपति हुने सम्भावना पनि बढेर जाने छ। चुनाव पछि प्रचण्डको पार्टी‌ फुटे एउटा ठुलो घटक लिएर देव गुरूङ्ग एमालेमा मिसाई जनताको बहुदलीय व्यवस्थाको सिद्धान्तलाई‌ अगाडि बढाउने प्रशिक्षण बाहिरी शक्तिको हुने छ।
अर्को पाटोबाट हेर्दा जनता चुनाव बहिस्कारको अभियानमा देखिन्छन् तर फेरि भोट नदिए त देशद्रोही, राष्ट्रघाती तथा चोर फटाहा हरूले जित्लान् र राष्ट्रको ढुकुटी रित्ताउलान् भनेर डर पनि मानिराखेका छन्। जनता झन् राम्रा खाले धेरै स्वतन्त्र उम्मेद्वार एउटै क्षेत्रबाट उठेकाले फेरि पुरानै बिदेशीको भरिया हरूले जित्न सक्छन् भनेर डर पनि मानिराखेका छन्। पार्टीहरूका शिर्ष नेताहरुलाई अहिलेका नव उम्मेद्वारले ठुलै चुनौती दिएको छ। देउवा डराएर डडेलधुरामा‌ सागर ढकाललाई चुनाब प्रचार प्रसारमा बन्देज लगाउने कुचेष्टामा छन् भने नेपाल प्रहरीको डिआईजीको दरवन्दी भएको ठाउँमा आफ्नो‌ पकेटको एसएसपिलाई आचार संहिता विपरित सरूवा गरेर पठाएका छन्। यता चुनाव प्रचार प्रसारमा रहेका रवी लामिछानेको गाडीमा देशका कुपुत्रका झोले हरूले आक्रमण गरि ध्वस्त बनाएको समाचारले व्यापक स्थान लियो। भिन्नै बिचार, सिद्धान्त भएकाहरूले ठगबन्धन गरि आ-आफ्नै घोषणा पत्र जारि गरे। जनतालाई भेंडा बाख्रा ठानी यदि जिते पछि कुन चाहिँ घोषणा पत्र चाहिँ ठगबन्धनको‌ आधिकारिक हो भन्नेमा रणभुल्लमा राखे। जनताको आक्रोस टिकटक, युट्युव तथा सामाजिक सञ्जालमा छरपष्ट देख्न सकिन्छ।
केपि, प्रचण्ड, देउवा, माधव उठेको चुनावीय क्षेत्रमा सिट सुरक्षित राख्न ठुलो कसरत रहेको देखिन्छ। बाबुरामले पनि आफु र छोरी सुरक्षित हुने किसिमको खेल खेलेको देखिन्छ। सयौं गाडीघोडा सहित गोर्खाको चुनावीय क्षेत्रमा पुगेका चक्रे मिलन उठ्ने लगभग भएको देखिएपछि बाबुरामले चक्रे मिलन फकाउन अनेकौं पटक फोन गरेका थिए तर चक्रे मिलनले उनिसँग फोन वार्तालाप गर्न उचित ठानेनन्। चक्रे मिलनलाई गुरूङ्ग र घलेहरूको ख्वात्तै गाउँकै समर्थन देखेपछि हारिन्छ कि भन्ने डरले बाबुरामले चितवनको जनतासँग डराएर बसेका प्रचण्डलाई राष्ट्रपतीको‌ पदसँग गोर्खाको क्षेत्र साटेका हुन् भन्दा अत्युक्ति नहोला। यसपालीको दशैंमा राजाले सर्वसाधारण जनतालाई टिका नलगाउने र दशैको अष्टमीको दिन शक्तिपिठ दर्शन गर्न नजाने घोषणा गर्दा सरकारले राजालाई नजरबन्दमा‌ राखेको हल्ला चलेको थियो। यो हल्लालाई‌ बल‌ पुग्ने गरि प्रम निवासबाट अर्को हल्लाको झोकले हान्यो। राजा अलि बढ्ता हुँदैछ राजालाई प्रधानन्यायधिस जस्तै नजरबन्दमा राख्नुपर्छ भन्ने बाबुरामको‌ प्रस्तावलाई‌ केपिले नरम हुँदै भनेका थिए रे। तपाईँहरूको‌ कदमले जनता भड्किने र हामी माथि आक्रमण हुन सक्ने चेतावनी दिंदै चुनाव पछि राजाको बिषयमा छलफल गरौंला भनेर साम्य पार्दा‌‌ प्रचण्डले समर्थन गरेका थिए‌ भन्ने अर्को व्यापक हल्ला‌ चल्यो। राष्ट्रपतिको आशामा बसेका बाबुरामले पनि छोरीको चुनविय क्षेत्र सुरक्षित राख्नको लागि समर्थन‌ जुटाए। यहाँ बाहिर जति तँ त र मम देखे पनि तथा टाउको झोलामा राखेर ईनाम लिने र टाउको झोलामा र शरिर खोलामा फाल्नेहरूको टाउकोको मिलन देखिँदा सम्म पनि नेपाली जनताले नचेतेको चाहिँ पक्कै हो। राजसंस्थाको सदस्यले पनि राष्ट्र र राष्ट्रियताको भारलाई‌ ग्रहण गर्नै पर्ने हुन्छ।‌ राजाले पनि गणतन्त्रले राष्ट्र र राष्ट्रियताको सुरक्षा‌ गर्छ कि गर्दैन यसको मुल्यांकन पक्कै गरेको हुनुपर्दछ। त्यसैले त राजाको बिभीन्न पर्वमा पारेर आउने बिग्यप्ती‌ कडै खाले हुन्छ झन्‌ यसपाली त कोर्स करेक्सन गर्नुपर्छ भन्ने आव्हानलाई‌ त के के न होला‌ भनेर जनता निह्यालेर बसेका छन्। तर फेरि विप्लप, देखि राष्ट्रिय शक्ति नेपाल, शिव सेना नेपालको चुनाव बहिस्कार लाई राजसंस्थाको समर्थन भन्दा चुनावमा‌ होम्मीएका पार्टि हरूलाई राजाको सँलग्नता भएको भन्ने व्यापारिक केन्द्रबाट गएको नजरानालाई‌ हेर्दा‌ त बहिस्कारवादीहरू रणभुल्लमा‌ छन्। फेरि यहाँ नैतिकवान र स्वच्छ छवीका तथा राजसंस्था स्थापित गराउने क्षमता भएको नेताको जनता माझ लोकप्रियता बढ्यो कि राजसंस्थाकै वरिपरिकाबाट धर्म सभा गराईन्छ, कालीबाबा‌ ल्याएर नौटङ्की गराईन्छ र जस पाउने होडबाजीमा लागेको देखिन्छ। छोरा पाउने कहिले कहिले भोटो सिउने अहिले। राजसंस्था ल्याउन अझै अथक प्रयासको आवश्यकता छ र एउटा भयानक आन्दोलनको आँधी बेरी ल्याउन सक्न पर्दछ र एउटा परिपक्व व्यक्तित्वको नेतृत्वमा नै हुनेछ।
सम्बिधान सभाको चुनाब देखि हाल सम्म राष्ट्रिय सरोकार मञ्च नेपालले चुनाब बहिस्कार घोषणा गर्दै आएको छ। राष्ट्रिय सरकार मञ्चले २०६२/६३ पश्चात चलाएको मुक्ति अभियान र सर्वपक्षिय गोलमेच सम्मेलनलाई शिवसेना नेपाल तथा केहि राष्ट्रवादी र देशभक्त साथीहरूको ऐक्यबद्धता मा फेरि पनि कर्मनिष्ठ सन्देश अन्तर्गत चुनाव बहिष्कारको‌ नारा सहित अभियानको थालनी गरेको छ। देशमा भएको राष्ट्रद्रोही, देशघाती, अनियमितता, नितिगत भ्रष्ट्रचार, अत्याचार, राजनितीमा अपराधिकरण, आतंकको शासन, न्याय तथा कानुन मुट्ठीमा राखेर देशको न्याय र कानुनलाई‌ दबाएर राखेको बेथिती लाई‌ मध्ये नजर गरी यी अराष्ट्रिय तत्वबाट मुक्तिको लागि थालनी गरेको अभियान नै मुक्ति अभियान हो। यो देशलाई अपराधका नाईके बाट मुक्ति दिलाउनु छ भने बिदेशी हस्तक्षेप, थिचोमिचो, बल मिचाईँ तथा अर्धऔपनिवेस तथा नव औपनिवेसबाट मुक्त दिलाई‌ फेरि पनि पुर्ण स्वतन्त्रता तथा अविभाज्य राष्ट्र निर्माण गर्नु छ। नेपालको राष्ट्रिय पहिचान, मौलिक सभ्यता, स्वाधिन राष्ट्र, सार्वभौम राष्ट्र धर्म संस्कृतिको रक्षा हेतु र मुल शिक्षाको थालनी गर्न मुक्ति अभियानमा अन्तत्वगोत्वा सम्पुर्ण स्वाभिमानी नेपाली जोडिन आउनेछन् भन्ने हाम्रो बुझाई छ। नेपाली‌ जनताले चेतनाको बिर्को खोली बिवेकशील‌ नभईञ्जेल‌ देशले असाध्यै अप्ठेरोको भुमरीमा फसेर बस्नै पर्ने हुन्छ। जनताको भोको पेटले गर्दा मासु चिउरा खाने बाध्यता छ भने खाईदिँदा हुन्छ तर राष्ट्र र राष्ट्रियता बचाउने , स्वाधिन राष्ट्र राख्ने र स्वाभिमानी नेपाली भनेर शिर ठाडो पार्ने आफ्नो अमुल्य भोट कुनै नोट र कोटसँग नसाटौं। भोटको संरक्षण गर्ने हरेक नेपालीको दायित्व हो। फेरि पनि चुनाव बहिस्कार नै भनौं। कर्मनिष्ठ सन्देश अन्तर्गत मुक्ति अभियानलाई साथ दिउँ र सर्वपक्षीय गोलमेच सम्मेलन नै गरौं।‌ईति। जय कर्मनिष्ठ। ॐ‌जय श्री शिव गोरख।
प्रकाशित: २८ कार्तिक २०७९, सोमबार ०६:११

Leave a Reply