No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्याप्टेन विकास राणाको ‘नखरा कबुल’

0

काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ । गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशीविक्रम थापाको सङ्गीत रहेको छ ।

यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्काको अभिनय रहेको छ ।

बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत् सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौं’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए ।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार ०७:५६

Leave a Reply