No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भक्तपुर-१ मा कांग्रेसको अग्रता

0

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो ।

गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका महेश बस्नेतलाई चार सय ३२ मतान्तरले अग्रता लिँदै चार हजार एक सय १३ मत पाएका छन् । एमाले तीन हजार छ सय ८१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ सय ७०, राष्ट्रियता प्रजातन्त्र पार्टीले चार सय ५० र नेपाल मजदुर किसान पार्टीले चार सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रदेशसभा र समानुपातिकको मतगणना पनि सुरु भएको छ ।

त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उनले अग्रता लिएका । यस क्षेत्रमा एक हजार तीन सय ११ मतगणना हुँदा खड्काले तीन सय ५९, एमालेका नवराज गेलालले तीन सय ५६, नेमकिपाका प्रेम सुवालले दुई सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले दुई सय दुई मत प्राप्त गरेका छन् ।

 

प्रकाशित: ५ मंसिर २०७९, सोमबार १०:४८

Leave a Reply