No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चितवन क्षेत्र १ मा कांग्रेसका पौडेल र २ मा एमालेका पोख्रेलको अग्रता

0

चितवन । यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो ।

चितवन क्षेत्र नम्बर १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुवाती अग्रता लिएका छन् ।

उनले तीन सय ३७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले दुई सय ५२ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले तीन सय २९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

यस्तै चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुवाती अग्रता लिएका छन् । एक हजार एक सय २६ मत गन्दा उनले पाँच सय ५४ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन सय ९७ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ मतदाता रहेका छन् । यो नतिजा साँझ ५ बजे सम्मको हो ।

चितवन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले २ः१५ बजे सुरु गर्ने भनी निर्णय गरिएको भए पनि ४ः३५ बजेदेखि मतगणना सुरु गरिएको हो ।

प्रकाशित: ५ मंसिर २०७९, सोमबार १२:२७

Leave a Reply