No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मुस्ताङको प्रदेशसभा (२) मा कांग्रेसका विकल शेरचन विजयी

0

पोखरा । मुस्ताङको प्रदेश सभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् ।

शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । योसँगै मुस्ताङबाट प्रतिनिधिसभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् ।

 

प्रकाशित: ५ मंसिर २०७९, सोमबार १२:४६

Leave a Reply