No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा ७ अंकको गिरावट

0

काठमाडौं । चुनावपछि खुलेको शेयर बजार मापक नेप्से परिसूचक र कारोबार दुवैमा गिरावट आएको छ । मंगलबार नेप्से सूचक ७.१३ अंकले घटेर १९२९.७१ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२८ कम्पनीको ३७ लाख ६३ हजार ८३६ कित्ता शेयर १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेप्सेका १३ उपसमूहमा दुई उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

मंगलबार जेविल्स फाइनान्सको शेयरमूल्य ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९७ प्रतिशत र सयपत्री हाइड्रोपावरको ३.८० प्रतिशतले बढेको छ ।

तर यता युनिलिभर नेपालको ५.५८ प्रतिशत घटेको छ भने सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशतले घटेको छ। आज नेपाल बैंकको सबैभन्दा धेरै १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

 

प्रकाशित: ६ मंसिर २०७९, मंगलवार ११:३०

Leave a Reply