No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

0

टीकापुर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। कैलाली क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिता विजयी भएकी हुन् ।

रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित गरेकी हुन्। रञ्जिताले ३० हजार ४०४ मत पाउँदा रामजनमले १८ हजार ८ मतमात्र ल्याए। एमालेका तपेन्द्र रावलले ५ हजार ९१० मत पाएका छन् ।

२०७४ को निर्वाचनमा यही क्षेत्रबाट रेशम चौधरी भारी मतले विजयी भएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशमले एमालेकी गरिमा शाहलाई २० हजार बढी मतान्तरले पराजित गरेका थिए । त्यस्तै कैलाली १ को प्रदेशसभातर्फ दुवै सिट नागरिक उन्मुक्तिले जितेको छ। प्रदेशसभातर्फ लक्ष्मण चौधरी र कैलालश चौधरी विजयी भएका छन् ।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार १२:१०

Leave a Reply