No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सप्तरी–१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

0

राजविराज । सप्तरी निर्वाचन क्षेत्र–१ बाट जनता समाजवादी पार्टीका नवलकिशोर साह सुडी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्याए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार १३:०७

Leave a Reply