No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इन्डोनेसियामा शक्तिशाली भूकम्प

0

इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् । भूकम्पको गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ । इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले भूकम्प ६ दशमलब ४ म्याग्निच्युडको रहेको जनाएको छ ।

भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण भने आएको छैन ।

प्रकाशित: १८ मंसिर २०७९, आईतवार ०७:०१

Leave a Reply