No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सेनाको कारबाहीमा मालीमा ६६ आतङ्कवादीको मृत्यु

0

मालीमा गत नोभेम्बर महिनामा मात्र कम्तीमा पनि ६६ जना आतङ्ककारी मारिएका बताइएको छ । यहाँको सशस्त्र बलले मालीमा नोभेम्बर महिनामा जारी राखेको आतङ्ककारी विरुद्धको कारबाहीमा उनीहरुमा मारिएका हुन् ।

कारबाहीका क्रममा मालीको सेनाले यहाँका आतङ्ककारीहरुले निर्माण गरेका कैयौँ आश्रयस्थल पनि ध्वस्त बनाइदिएको छ । उनीहरुले प्रयोग गर्ने शक्तिशाली हतियारहरुका साथै उनीहरुका सवारीसाधन पनि मालीको सशस्त्र सैन्य बलले कब्जामा लिएको छ ।

सुरक्षा बलले गएका केही महिनादेखि यहाँका आतङ्ककारीहरुका विरुद्धमा सशक्त कारबाही सुरु गरेको जनाएको छ । प्रतिआतङ्कवादी अभियान नाम दिइएको सो अभियानमासेनाले अरु कैयौँ आतङ्ककारीहरुलाई पक्राउ पनि गरेको छ ।

सन् २०१२ देखि मालीले यहाँ सुरक्षा चुनौतीको सामना गर्दै आएको छ । मालीमा विभिन्न समूहले आतंककारी क्रियाकलापहरुलाई निरन्तरता दिँदै आएका छन् ।

यो अफ्रिकी देशमा अतिवादीहरुले जारी राखेको आतङ्कमा परेर हजारौँ मानिसको ज्यान गइसकेको छ भने अरु हजारौँ नागरिक विस्थापित भएका छन् ।

राजनीतिक र आर्थिक सङ्कटमा परेको यस देशमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पहल गर्दै आएको भए पनि सम्भव हुन सकेको छैन ।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार ०८:२३

Leave a Reply