No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्रोएसिया टाइब्रेकरमा जापानलाई हराउँदै क्वाटरफाइनलमा

0

काठमाडौं । जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा पुगेको छ । सोमबार राति कतारको अल जनौब स्टेडियममा भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी शुट आउटमा ३–१ ले हराएको हो ।

यसअघि जापानका लागि खेलको ४३ औँ मिनेटमा डेजन मायदाले गोल गरे । क्रोएसियाका लागि इभाना पेरिसिकले ५५ औँ मिनेटमा गोल गरे । निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । अब क्रोएसियाले क्वाटर फाइनलमा आजै हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेलको विजेतासँग खेल्नेछ ।

प्रकाशित: १९ मंसिर २०७९, सोमबार १८:०८

Leave a Reply