No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जर्मनीमा कू को प्रयास गरेको आरोपमा २५ जना पक्राउ

0

सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ । उग्र दक्षिणपन्थी तथा पूर्व सैन्य अधिकारीहरूको समूहले संसद भवन राइक्सटागमा घुस्ने र शक्ति हत्याउने योजना बनाएको थियो ।

‘राजकुमार हाइनरिक तेह्रौँ’ भनिने ७१ वर्षका एक जर्मन पुरुषलाई उक्त षड्यन्त्रको मुख्य योजनाकार भनिएको छ । षड्यन्त्रमा उग्रपन्थी राइक्सबर्गर भनिने अभियानका सदस्य सामेल रहेको बताइएको छ ।

हिंसात्मक आक्रमण तथा जातियतावादी षड्यन्त्रका हल्ला फिँजाउने विषयलाई लिएर उक्त समूह लामो समयदेखि जर्मन प्रहरीको निगरानीमा थियो । उक्त समूहले आधुनिक जर्मन राज्यलाई समेत अस्वीकार गर्दै आएको थियो ।

अहिलेको जर्मन गणतन्त्रको सत्ता उल्ट्याएर सन् १८७१ ताकाको जस्तो जर्मनी राष्ट्र निर्माणको षड्यन्त्रमा उक्त समूहका करिब ५० महिला तथा पुरुष सदस्य सामेल भएका हुनसक्ने ठानिएको छ ।

सङ्घीय अभियोजनकर्ताको कार्यालयकी प्रवक्ताका अनुसार हालसम्म उक्त समूहको नाम उनीहरूसँग छैन । देशभरि तीन हजार प्रहरी अधिकारी परिचालन गरेर सैन्य ब्यारेक सहित सयौँ परिसरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।

प्रकाशित: २१ मंसिर २०७९, बुधबार १०:४४

Leave a Reply