No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रचण्डलाई भारत र चीनको बधाई

0

काठमाडौँ । भारत र चीनले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै प्रचण्डलाई बधाई दिएका हुन् ।

उनले भनेका छन्, ‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ । भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनता बीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।’

त्यस्तै चीनले पनि प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएको छ । प्रचण्डलाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले ट्वीट गर्दै बधाई दिएका हुन् । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले प्रधानमन्त्रीको रुपमा सोमबार अपराह्न ४ बजे शीतल निवासमा शपथ लिने छन् ।

प्रकाशित: १० पुष २०७९, आईतवार १६:५५

Leave a Reply